कैलालीमा दस महिनामा १ सय ६५ जनाले गरे आत्महत्या

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । नेपालमै सबैभन्दा धेरै आतमहत्या गर्ने जिल्लामा कैलाली पहिलो नम्बरमा पर्छ । कैलाली जिल्लामा चालू आर्थिक वर्ष २०७९/०८० को दस महिनामा १ सय ६५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जो निकै चिन्ताजनक विषय रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर खगेन्द्र साउदले बताउनुभयो ।

त्यस्तै टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा मात्रै यो दस महिनामा ३१ जनाले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय टीकापुरको तथ्यांकमा उल्लेख छ । जसमध्ये ४ जनाले विष सेवन गरेर र २७ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमा बढी किशोर-किशोरी र युवाहरु रहेका छन् । तथ्यांक हेर्दा पछिल्लो समय वृद्धहरु पनि दिर्घ रोगका कारण आत्महत्या गरिरहेका छन् ।

कार्यालय प्रमुख डिएसपी उद्धव सिंह भाटले मुख्यतः मानसिक तनाबले आत्महत्याका घटना हुने गरेको बताउनुभयो । उहाँले यसलाई न्यूनीकरण गर्न बढी आराम गर्नुपर्ने, नयाँ कामको थालनी गर्ने, व्यायाम गर्ने बानी बसाल्ने, व्यस्त रहने, परिवारसँग कुराहरु शेयर गर्ने, आवश्यकता अनुसार सुत्ने लगायत क्रियाकलापमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

पछिल्लो समय गरिबी, अशिक्षा, बेरोजगारी, प्रेम सम्बन्धमा धोका, घरेलु झगडा, पढाइमा असफलता लगायत कारणले आत्महत्याका घटना बढिरहेका छन् । यसलाई न्यूनीकरण गर्न अभिभावक अझ बढी सचेत हुने, सन्तानहरुलाई सम्झाउने, रचनात्मक कामहरुमा लाग्न प्रोत्साहन गर्ने लगायतमा ध्यान दिनुपर्ने र आत्महत्या समस्याको समाधान नभएको भन्दै सजग हुनुपर्ने देखिन्छ ।

ताजा खबर

बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’

कैलालीको गोदावरीमा प्रहरीको छापा, ९ जुवाडे पक्राउ

कैलालीबाट चोरी मुद्दाका फरार धामी पक्राउ

कैलालीको जङ्गलबाट ८ जुवाडे पक्राउ

amazed