नेपालगञ्जमा अटोमेटिक पेस्तोलसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं, २७ बैशाख । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

किङ क्रस क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed