शेयेर गर्नुहोस
अछाम । अछाममा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५।२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो ।
सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ ।