कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा दुर्घटना

शेयेर गर्नुहोस


टीकापुर । कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रक र बिपरीत दिशातर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार रुपन्देहि सियारि गाउँपालिका–१ का ४० वर्षीय सुवास प्रसाद नेपालीले चलाएको ना ६ ख ६३९३ नम्बरको र भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमानले चलाएको युपी १८ जे ९४५६ भारतीय नम्बरको कार एक आपसमा ठोँकिदा दुर्घटना भएको हो ।

कार चालकको निधारमा चोट लागेको र २३ वर्षीय मोहम्मद सदाबको टाउकोमा चोट लागेकाले घाइते दुवैलाई उपचारको लागि पदमा अस्पताल अत्तरिया पठाइएको प्रहरीले जनाएको छ । कारमा चालक सहित ६ जना सवार रहेका थिए । दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *