एमालेको बहिष्कारका बिच सुदुरपश्चिम प्रदेशको बजेट अबेर राती बहुमतले पास

शेयेर गर्नुहोस

टीकापुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

शनिबार राति अबेर बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयकहरु बहुमतले पारित गरेको हो ।

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो ।

सत्तारुढ दलहरुले यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधनपछि पारित गरिएका हुन् ।

शनिबार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्‍याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्ने लगायतका सहमति भएको थियो ।

उक्त सहमतिपछि मात्र सत्तारुढ दलहरु बजेट पारित गर्न तयार भएका हुन् । राप्रपाकि एक मात्र सांसद खिमा देबी बिष्टले पनि साथ दिएपछि बजेट पारित गर्न सत्ता गठक दलहरुलाई सहज भएको हो ।

नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिष्कार गरेको थियो

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *