लागु औषध (खैरो हेरोईन) सहित ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको अत्तरियाबाट लागु औषध ९खैरो हेरोईन० सहित ३ जना पक्राउ परेका छन् ।

प्रहरी का अनुसार गोदावरी नगरपालिका वडा नम्बर ४ गोदावरी बाट रियाज मगर , कबिता बस्नेत र रोशन गुरुङ पक्राउ परेका हुन ।

कबिता बस्नेतले लगाएको खैरो रङ्गको पाईन्टको अगाडी पट्टीको बांया खल्तीमा कालो रङ्गको पलाष्टिकमा बेरेर एउटा पुडिया बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरी ले फेला पारेको हो ।

साथै प्रहरीले उनिहरु को साथबाट ५० मिलिग्राम लागुऔषध समेत बरामद गरेको छ । यस्तै रोशन गुरुङ को घरबाट दुई ग्राम आठ सय दश मिलिग्राम लागू औषध प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

amazed