यातायात कार्यालय धनगढीद्वारा सवारी दर्ता तथा नामसारी अनिश्चितकालका लागि बन्द

शेयेर गर्नुहोस

टीकापुर । यातायात व्यवस्था कार्यालय धनगढीले सवारीको दर्ता र नामसारीको कार्य अनिश्चितकालका लागि स्थगन गरेको छ ।

कार्यालयले गत साउन १५ गते सूचना प्रकाशित गरी साउन १५ गते सोमबार लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि उक्त सेवाहरु बन्द गरेको हो ।

कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु हाललाई बन्द व्यहोरा जनाएको छ । कार्यालयले प्रदान गर्दै आएका अन्य सेवाहरु नियमित रुपमा प्रदान हुने व्यहोरा समेत सूचना मार्फत जानकारी दिएको छ ।

आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई सवारी दर्ता र नामसारी लगायतका काम यातायात व्यवस्था कार्यालयले सेवा स्थगन गरेको प्रति सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । विश्वमा सूचना प्रविधिले फड्को मारेको अवस्थामा नेपालको सरकारी कार्यालयको संचालन प्रणाली कछुवा गतिमै रहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले यातायात व्यवस्था कार्यालयको कार्य शैली प्रति सेवाग्राहीहरु सन्तुष्ट नरहेको बताए । कार्यालयले बन्द गरेका सेवाहरु बारे थाहा नहुँदा कैयौं सेवाग्राहीहरु कार्यालय पुगी फिर्ता भएका छन् ।

ताजा खबर

कर्णाली नदीमा नुहाउने क्रममा मोहन्यालका शाही बेपत्ता

वैदेशिक रोजगारी ठगीको आरोपमा जानकीका आचार्य पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू

amazed