कञ्चनपुर घटनाः भतिज अजय र भान्जा हरिश पक्राउ, आफुले हत्या गरेको स्वीकार

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक पुरुषको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । कुवेर दमाईको हत्या आरोपमा उनकै भतिज र भान्जा नाता पर्ने दुई युवक पक्राउ परेका हुन् । गत साउन १८ गते ३५ वर्षीय दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान गर्ने क्रममा दमाईको भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईलाई नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरूले मृतक कुवेर दमाईले घरमा आमाबुबालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरू समेत बचेर रक्सी खाने गरेको जानकारी दिएका थिए ।

सोही विषयमा दुई जनाले दमाईलाई बन्द नदीको किनारमा लगेर मादन पदार्थ खुवाएर सम्झाउने क्रममा वादविवाद भएपछि कुटपिट गरेर टाउकोमा ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेका छन् । मृत्युपछि कसैले थाहा नपाउन् भनेर उनीहरूले दमाईको शवलाई खोला किनारमा गाडेका थिए । घटनामा संलग्न अजय र हरिशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *