सुनचाँदी पसलमा आगलागी

शेयेर गर्नुहोस

बैतडी । बैतडीको सदरमुकाम स्थित एक सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका –४ शाहीलेक बजारस्थित शुभलक्ष्मी सुनचाँदी पसलमा गहना बनाउने क्रममा सिलिण्डरबाट लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सिलिण्डरबाट सल्केको आगो तेजावमा समेत सल्केको थियो। आगलागीका कारण पुरै पसल जलेर खरानी भएको सुनचाँदी पसलका सञ्चालक प्रदीप गहतराजले बताए ।

पसलमा आगो सल्किदा स्थानीयले तुरुन्तै आगो निभाउन जुटेपछि छेउछाउका पसलमा आगो सल्कन नपाएको स्थानीय महेशदत्त भट्टले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगो नियन्त्रणमा लिनका लागि दशरथचन्द नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो ।

पसलमा आगलागी हुँदा भएको क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *