बाढीबाट बेपत्ता भएका थप १ जनाको शव भेटियो

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला
भजनी १६ साउन÷ कैलालीमा बुधबारको अबिरल बर्षा संगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शब फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० बर्षिय ईश्वर शाहको शव आज फेला परेको ईलाका प्रहरी कार्यालय भजनीले जानकारी दिएको छ ।प्रहरीका अनुसार शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिफ्लिएर बाढीमा बेपत्ता भएका थिए ।
बुधबारको बाढीमा बेपत्ता भएका तिन जना मध्य बिहिवार भजनी नगरपालिकाको जनकपुरका ११ बर्षीय स्केल चौधरीको शव भेटिएको थियो । अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको वडा अध्यक्ष पंकज चौधरीले बताउनु भयो । उनले भने–‘आज पानी पनि रोकिएको छ, पानीको सतह पनि घटेकाले बेपत्ता बिकको खोजी कार्य भैरहेको छ ।’
बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।
बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए । ति मध्य २ हजार भन्दा बढी परिवार बिस्थापित रहेका छन् । उनीहरु अहिले बिद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *