भन्सार छलेर सामान ल्याउँदै गर्दा ट्रकसहित र चालक नियन्त्रणमा

शेयेर गर्नुहोस

टीकापुर । प्रहरीले कञ्चनपुरमा पहिलोपटक तस्करीमा संलग्न ट्रक नै नियन्त्रणमा लिएको छ । कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएका सामानसहित १ ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार भन्सार छलेर ल्याइएका अन्दाजी १ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरका चिनी, सलाई, छोहरा लगायतका सामानसहित सो सामान बोक्ने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले सो सामान वरामद गरेको जनाइएको छ ।

प्रहरीका अनुसार शुक्रबार नै बेलौरी नगरपालिका– ६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट भन्सार छलेर ल्याइएको अन्दाजी ६५ हजार रुपैयाँ मूल्य बराबरको माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान वरामद गरिएको छ ।

वरामद माछा स्थानीय जनप्रतिनिधि, पत्रकार र सामाजसेवी लगायतको रहोबरमा नष्ट गरी बाँकी सामान भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *