शेयेर गर्नुहोस
टीकापुर । कैलालीको गोदावरी नगरपालिका मनहेरा पाठक पेट्रोल पम्प नजिक भैँसीसँग मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन ।
सुदुरपश्मिप्रदेश ०१–००७ प ९६९९ नम्बरको शिवबहादुर विकले चलाएको मोटरसाइकल भैँसीसँग ठोक्किदा दुर्घटना भएको हो ।
उक्त दुर्घनामा मोटरसाइकलको पछाडि सवार तारा विक घाइते भएका छन भने चालक शिवलाई सामान्य चोट लागेको छ । दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ ।















