कैलालीकि एक महिलाको विद्युतीय धरापमा परी मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षिया मञ्जु कुँवरको सोमबार राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । उक्त विद्युतीय धराप जंगली जनावर मार्न थापिएको हुनसक्ने प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed