टीकापुर नगरपालिका र कारीतास नेपालको संयुक्त लगानिमा ५० घर निर्माण

शेयेर गर्नुहोस

प्रमुख प्रसाशकीय अधिकृत नारायण बहादुर बिष्ट सहितको टोलीद्वारा अनुगमन

टीकापुर । टीकापुर नगरपालिकाका बिभिन्न वडामा आर्थिक अवस्था कमजोर तथा बाढी प्रभावितहरु लाई ५० घर निर्माण गरिएका छन् ।
टीकापुर नगरपालिका र कारीतास नेपाल नामक संस्थाको संयुक्त लगानीमा ती घरहरु निर्माण गरिएका हुन ।


कारीतास नेपालको १ लाख ६० हजार र टीकापुर नगरपालिकाको २ लाख ६० हजार रुपैयाँ लागतमा ती घरहरु निर्माण गरिएका हुन ।


टीकापुर नगरपालिकाका वडा नं. २, ३, ४, ५, ८ र ९ मा ५/५ का दरले घर निर्माण गरिएका छन भने वडा नं. ७ मा २० वटा घर निर्माण गरिएका छन् ।
गैरसरकारी संस्था कारितास नेपालसँगको लागत सहभागीतामा आर्थिक अवस्था कमजोर भएका दलित परिवार तथा बाढी प्रभावित परिवारका लागि घर निर्माण गरिएका हुन ।


टीकापुर नगरपालिका वडा नं. ४ मा स्थानीयले नै आर्थिक अवस्था कमजोर भएका र बाढी प्रभावित परिवारको नाम शिफारिस पश्चात ५ घर निर्माण गरिएको कुरा वडा नं. ४ का वडाध्यक्ष लालविर चौधरीले बताए ।


हिजोका दिनमा वर्षातको समयमा आफ्नो फुस्को घरमा करिब ५ फिटसम्मको सतहमा पानी पसेपछि साना बालबालिका सहतलाई अन्यत्र सार्नुपर्ने बाध्यता थियो । हाल नगरपालिका र कारीतास संस्थाले यो घर निर्माण गरिदिए पछि आफु निकै खुसी भएको वडा नंं ४ कि आसा चौधरी बताउँछिन ।


आफुहरु बिगतदेखि लेबर काम गर्दै आएकोले घर बनाउन समेत नसकेको उनि बताउँछिन । यो पिडामा नगरपालिका र कारीतास नेपालले मल्हम पट्टी गरिदिएको उनको भनाई छ ।
यसैगरी टीकापुर नगरपालिकामा सबैभन्दा बढी घर निर्माण गरिएको वडा नं. ७ प्रतिपुर हो । वडा नं. ७ प्रतिपुर बाढीग्रस्त ठाउँ पनि हो । यो ठाउँमा नगरपालिका र कारीतास नेपालको संयुक्त लगानीबाट २० घर निर्माण गरिएका छन ।


यी घरहरु अवलोकन गर्न टीकापुर नगरपालिकामा भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर बिष्ट, पत्रकार, लगायतको टोलीले अनुगमन गरेको छ ।


वडा नं. ७ मा निर्माण गरिएका घरहरु अवलोकन गर्नेक्रममा वडा नं. ७ का वडाध्यक्ष यज्ञ न्यौपाने, स्थानीयहरु, प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर बिष्ट, कारीतास नेपालका परियोजना संयोजक नरेन्द्र केसी, पत्रकार लगायतको टोली समेतको सहभागिता थियो ।


स्थानीयले छलफल गरेर आर्थिक अवस्था कमजोर भएका, अपांगता भएका र बाढीपिडितहरुको नाम शिफारिस गरेपछि वडा कार्यलयले सहजीकरण गरेको पनि स्थानीयका बिचमा वडाध्यक्ष यज्ञ न्यापानेले जानकारी गराए ।


कारीतास नेपालका परियोजना संयोजक नरेन्द्र केसीले अब २ हप्ताभित्र निर्माण गरिएका घरहरुको रंगरोगन भएर सकिने समेत बताए ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed