कैलालीको धनगढीबाट एकै दिन दुुई बालक बेपत्ता

शेयेर गर्नुहोस


धनगढी । कैलालीको धनगढीबाट एकै दिन दुई बालक बेपत्ता भएका छन् । धनगढी उप–महानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन् ।

दुबै जना आज (शुक्रवार) बेपत्ता भएका हुन । उनीहरुका आफन्तहरुले खोजतलासकोलागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ । ती दुबै जना बालकहरु ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत हुन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed