कैलालीको धनगढीबाट एकै दिन दुुई बालक बेपत्ता

शेयेर गर्नुहोस


धनगढी । कैलालीको धनगढीबाट एकै दिन दुई बालक बेपत्ता भएका छन् । धनगढी उप–महानगरपालीका–५ बस्ने १४ वर्षीय प्रशान्त जोशी र सोहि ठाउँका १३ वर्षीय बिप्लप बम बेपत्ता भएका छन् ।

दुबै जना आज (शुक्रवार) बेपत्ता भएका हुन । उनीहरुका आफन्तहरुले खोजतलासकोलागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निबेदन दिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रको १०४ मा सम्पर्क गरी सहयोग गरिदिनहुन अनुरोध गरिएको छ । ती दुबै जना बालकहरु ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययनरत हुन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed