बैतडी प्रहरी गाँजा नष्ट गर्ने अभियानमा

शेयेर गर्नुहोस

बैतडी । बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको छ । जिल्लाभरी गाँजा फडानी अभियान सञ्चालन गरि लागु औषधविरुद्धको महाअभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

जिल्लाका विभिन्न ठाउँमा आँफै उम्रेको र कुनै ठाउँमा स्थानीयहरुले लगाएको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको छ । गाँजा लागु औषध भएकाले गाँजा फडानी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। उनले भने ‘पछिल्लो समयमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी रहेको छ ।’

गाँजाका बोट फडानीका निमित्त अभियान शुरु गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। उनले भने ‘हाम्रो मातहतका सबै प्रहरी युनिटहरुबाट गाँजा नष्ट अभियान सञ्चालन भइरहेको छ। जिल्लामा अहिले सम्म झण्डै एक सय रोपनीमा रहेको गाँजा नष्ट गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

कुनै ठाउँमा मानिसले लगाएको गाँजा नष्ट गरिएको छ भने कुनै ठाउँमा आँफै उम्रेको गाँजा नष्ट गरिएको छ। बैतडीमा लागु औषध विरुद्धको महाअभियान अन्तर्गत वडास्तरीय लागू औषध नियन्त्रण सञ्जाल समेत प्रहरीले गठन गरिहेको छ । उक्त अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *