कैलालीको जानकी गाउँपालिकाद्वारा तत्काल धान नकाट्न आग्रह

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिका स्थानीय आपतकालिन कार्य सन्चालन केन्द्रले असोज १७ गते सम्मका लागि कृषकहरुलाई धान नकाटन आग्रह गरेको छ ।

पालिकाले जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार यस बर्ष मनसुन बहिर्गमन अक्टुबर २ मा भएपनि ढिलो हुने भएकाले धान नकाटन् आग्रह गरेको हो ।

यदि धान काटेको भए तत्काल बालिहरुलाई भित्र्याउन गाउँपालिकाका कृषकहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले निर्माण गरेको पूर्व सूचना संयन्त्रको प्रयोग गरी पालिका बासीहरुमा म्यासेजका माध्यम बाट समेत जानकारी गराएको जानकी गाउँपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैशीले मलवारालाई जानकारी दिनुभएको छ ।

पालिकाले मौसमका बारेमा जानकारी लिन स्थानिय आपतकालिन कार्य सन्चालन केन्द्रले प्रकाशन गर्ने सूचनाहरु नियमित रुपमा हेर्न समेत आग्रह गरेको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed