कैलालीमा सवारी दुर्घटना, १८ वर्षीय किशोर घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा सवारी दुर्घटना भएको छ । टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

प्रदेश प्रमुख कार्यालय अगाडी घरेलु चोक नजिकै से १ ख १८२० नम्बरको टिप्परले से ३ प ८४८ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय अनिल कुवँर घाइते भएका छन् ।

घाइते कुँवरको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

ताजा खबर

शंखमुलमा आगलागीबाट दशवटा पसलमा क्षति

फोटोमा रेशम–रञ्जिताको मिलाप, राजनीतिमा विलाप

एक किशोरीसहित पाँच जना लागुऔषधसहित पक्राउ

नेपाल वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो खेलमा पराजित

बैतडीमा कार दुर्घटना हुँदा २ जना घाइते

amazed