सन २०२५ को लागि अमेरिका जाने डिभी खुल्ला

शेयेर गर्नुहोस

टीकापुर । अमेरिकाले सन् २०२५ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ ।

अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ ।

आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न र जसले सहयोग उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आवेदक स्वयं जिम्मेवार हुने जनाइएको छ ।

सन् २०२५ को डीभी कार्यक्रमका लागि डीभी प्रोग्राम डटस्टेट डटजीओभीमा गएर आवेदन भर्न सकिने जनाइएको छ। डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य भएको उल्लेख छ ।

त्यसैगरी, एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ । डीभी भर्नका लागि हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ। दूतावासले अघिल्ला वर्षमा डीभी भर्न वैध र म्याद बाँकी रहेको राहदानी आवश्यक भए पनि अहिले म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य नभएको जनाएको छ ।

अमेरिकाले डीभी कार्यक्रम मार्फत हरेक वर्ष हजारौं विदेशीलाई अमेरिकामा स्थायी बसोबासका लागि अनुमति दिंदै आएको छ। यो कार्यक्रम मार्फत हजारौंको संख्यामा नेपाली अमेरिका पुगेका छन् ।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed