टीकापुर स्थित जालपा देवी मन्दिरमा भोलीदेखि महायज्ञ

शेयेर गर्नुहोस

टीकापुर / टीकापुर नगरपालिका वडा नं. १ ब्लक न. १७ स्थित श्री जालपा देवि मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

माण्डब्य बंशियसंग सम्बन्धित जालपा देवी मन्दिर परिसरमा महायज्ञ हुने भएको हो ।

यही कार्तिक १५ गतेबाट हुने महायज्ञ आगामि २१ गते एक हप्तासम्म संचालन हुने जालपा जागरण समाज टीकापुरका अध्यक्ष तारा प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्तिक १५ गते बिहान ११ बजे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्तिक १५ गते बिहान ७ बजे दिव्य, भव्य कलश शोभा यात्रा हुने भएको समेत अध्यक्ष अधिकारी ले बताउनुभयो ।

अधिकारीले प्रत्येक दिन बिहान ५ बजेबाट ७ बजेसम्म योग साधना, ८ बजेदेखि ११ बजेसम्म पुजापाठ, हवन लगायत हुने समेत अधिकारीले जानकारी गराउनु भयो ।

यस्तै प्रत्येक दिन दिउसो ११ बजेदेखि ४ बजेसम्म संगीतमय भागवत प्रवचन हुने समेत उहाँले बताउनुभयो । यस कार्यक्रममा विवाह, ब्रतिबन्ध, ग्रहशान्ति, लक्षवर्ति, तुलादान, भूमिदान जस्ता अनुष्ठानहरु हुने समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यस महायज्ञमा दानवीरहरुलाई सम्मान कार्यक्रम रहेको समेत उहाले जानकारी दिनुभयो । जालपा जागरण समाजका अध्यक्ष अधिकारीले दिनुभएको जानकारी अनुसार महायज्ञको ८० प्रतिशत व्यवस्थापन भइसकेको छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *