कञ्चनपुरबाट चार लाख बढीको अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट प्रहरीले चार लाख बढीको भन्सार छलीको अवैध सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ बाट अन्दाजी ४ लाख १३ हजार ८ सय ५० मुल्य बराबरको अवैध सामान बिहीवार बरामद गरेको हो ।

विभिन्न किसिमका डि.ए.पि., कोपिला पशु आहार, युरिया, धनियाको बिँउ र सिमीको बिउ लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान कारबाहीका लागि शुक्रवार भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed