तिहार नजिकीएसँगै घोडाघोडीमा पर्यटकको चहलपहल

शेयेर गर्नुहोस

रोशन पौडेल

घोडाघोडी । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा तिहार नजिकिएसँगै पर्यटकको चहलपहल बडेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढेसँगै पर्यटन प्रवर्द्धन हुन थालेको छ ।

घोडाघोडी ताल क्षेत्रमा अवलोकन गर्न टिकटको व्यवस्था गरिएको छ । १० रुपियाँ प्रतिव्यक्तिका दरले टिकट शुल्क लिएपछि घोडाघोडी ताल क्षेत्रमा प्रवेश पाउने व्यवस्था गरिएको छ । पछिल्लो समय तिहार नजिकिएसँगै घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्या निकै वृद्धि भएको छ ।

साउन, भदौ र असोज महिनामा मात्र दश हजार बढी पर्यटकले घोडाघोडी तालको अवलोकन गरेका छन् भने, दसैँको यताका दिनमा मात्र दश हजार बढी पर्यटकले घोडाघोडीको अवलोकन गरेका छन् ।

वार्षिक रूपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिने गरेको भए पनि यो वर्ष भने एक लाख बढी पर्यटक घोडाघोडी घुम्न आउने अनुमान गरिएको छ ।


पछिल्लो समय घोडाघोडीमा पर्यटक आकर्षणका लागि प्रवेश द्वारमा पार्क निर्माण गरी चिटिक्क पारिनुका साथ यस क्षेत्रमा मगर तामाङ, नेवार, थारु लगायतका पोसाकमा तस्बिर लिन र घोडा सवार गर्न पाउने व्यवस्था भएपछि घोडाघोडी ताल क्षेत्रमा आन्तरिक पर्यटकको गन्तव्य बन्नुका साथै पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

विभिन्न जातजाति समुदायको पोसाक भाडामा दिएर यहाँका स्थानीयले राम्रै आम्दानी गरेका छन् । व्यवसायी सरस्वती शाहले एक घण्टाको लागि पर्यटकको रोजाइअनुसारको पोसाक एक सय रुपियाँमा भाडामा दिने गरेको बताउनुभयो ।

तिहार पर्वसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय व्यवसायीको भनाइ छ । उहाँले पहिला दैनिक दुई तीन हजार पोसाक भाडाबाट आम्दानी हुने गरेकोमा पर्यटकको सङ्ख्या बढेसँगै दैनिक पाँच–छ हजार पोसाक भाडाबाट आम्दानी हुने गरेको बताउनुभयो ।

घोडाघोडीमा पर्यटकको सङ्ख्या बढेसँगै यहाँ आउने पर्यटकको तस्बिर खिचेर स्थानीय युवाहरूले राम्रै आम्दानी गर्न थालेका छन् । स्थानीय विमला पौडेलले बेरोजगार भएर बरालिएका स्थानीय युवाले तस्बिर खिचेर राम्रै आम्दानी गर्ने गरेको बताउनुभयो ।

पहिला पाँच जना मात्र तस्बिर खिच्ने युवाहरू थिए भने अहिले पर्यटकको सङ्ख्या बढ्दै गएपछि घोडाघोडी क्षेत्रमा १६ जना स्थानीय युवाहरूले तस्बिर खिच्ने काम गर्छन् । एउटा तस्बिर खिचेर मोबाइलमा पठाएको २० रुपियाँको दरले लिने गरिन्छ । घोडाघोडीमा पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै स्थानीयमा रोजगारी पनि सिर्जना भएको छ । केहीले घोडाघोडी क्षेत्रमा पसल सञ्चालन गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed