शेयेर गर्नुहोस
अत्तरिया । बैतडीको पुर्चौडी नगरपालिकाले एक चस्मा पसललाई बजेट दिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ स्थित हाटमा रहेको पुर्चौडी आँखा उपचार केन्द्रलाई ९ लाख बजेट विनियोजन गरेको हो ।
गत वर्ष खुलेको आँखा उपचार केन्द्रमा दुई जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहेका छन् । कार्यालय सहयोगीको तलबभत्ता नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। स्थानीयले भने नगरपालिकाबाट चस्मा पसललाई बजेट दिने काम भएको बताएका छन् ।
नगरपालिकाले च्यारिटी हेल्थ फाउन्डेसन नामक गैरसरकारी संस्थालाई आँखा उपचार केन्द्र खोल्न आग्रह गरेको र यो वर्ष ९ लाख बजेट छुट्याइएको नगर उपप्रमुख मिना धानुकले बताइन् । उनले नगरपालिकामा आँखा सम्बन्धी समस्या भएका बिरामीको उपचार सहज होस् भनेर आँखा उपचार केन्द्र खोलिएको र सबैको सहमतिमा यो वर्ष बजेट दिइएको बताइन् ।















