कैलालीको जानकीमा लागूऔषधसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

जानकी गाउँपालिका–८ बेबस्थित नगर जाने भित्रि सडक खण्डबाट १३० मिलीग्राम लागूऔषध खैरो हेरोईनसहित लम्किचुहा नगरपालिका–१ भुरुवाका २० वर्षीय समिर चौधरी बुधवार साँझ पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा टिकापुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed