टीकापुर महोत्सवको तयारी तिब्र, उद्धघाटन उपप्रधानमन्त्री खड्काले गर्ने

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय

टीकापुर । टीकापुर उद्योग वाणिज्य संघको आयोजना मा हुने सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०८० को तयारी तिब्र पारिएको छ । यहि पौष २७ गतेदेखि माघ ८ गतेसम्म हुने महोत्सवको लागि मैदान वरिपरि पाताले बार्ने काम सकिएको छ ।

गेट, स्टल, मञ्चका लागि पनि धमाधम काम भइरहेको र अहिले सम्म ७० प्रतिशत काम भइ सकेको महोत्सव तयारी तथा व्यवस्थापन समिति संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष (उद्योग) सन्तोष खड्काले जानकारी दिए ।

उनले रमाइलो मेला, थारु गाउँका लागि पनि काम भइ रहेको बताए । यस्तै वाणिज्य संघले महोत्सव मा ल्याइने कलाकारका विषयमा पनि काम सक्काएको छ तर कति गते कुन कलाकार आउने भन्ने निश्चित भएको छैन । संयोजक खड्काका अनुसार केही दिनमा यो पनि निश्चित भइसक्ने छ ।

महोत्सवमा गायिका शान्ती श्री परियार, गायक प्रमोद खरेल, चक्र बम, लाल बहादुर धामी अछामी बड्डो, टंक तिमिल्सिना, रमेश मिसन, आर के चौधरी, एके चौधरी, देउडा गायक प्रकाश थापा, नायक पल शाह, गायिका एलिना चौहान, रचना रिमाल, अस्मिता अधिकारी, अनिता चलाउने, अञ्जु कुश्मी, सोनु कुश्मी, खुशी रत्गैया, अन्नु चौधरी, हास्य कलाकार सित ाराम कट्टेल “धुर्मुस”, कुञ्जना घिमिरे “सुन्तली”, हेमराज अधिकारी खण्टे खलास, मनिष खड्का, मोडेल रमेश सोडारी, उद्घोषक कोष खड्का उद्घोषिका रुपा घर्ती मगर आउनेछन् । महोत्सवमा मनोरञ्जनसंगै व्यापार व्यवसाय पनि प्रवर्द्धन हुने विश्वास गरिएको छ । महोत्सव स्थल भित्र दुई सय ५० वटा स्टल रहने छन् ।


महोत्सवको प्रचारप्रसारलाई पनि तिब्रता दिइएको संयोजक खड्काले बताए । उनका अनुसार गत वर्षको महोत्सवमा ४८ लाखको टिकट बिक्री भएकोमा यो वर्ष ६० लाख भन्दा बढीको टिकट बिक्री हुने र १० लाखले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । संयोजक खड्काका अनुसार महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री पुर्णबहादुर खड्काले गर्ने छन् ।

टीकापुरको समग्र विकास निर्माणका लागि उपप्रधानमन्त्रीलाई बुझाउने मागपत्रका विषयमा भने छलफल जारी रहेको र सबै राजनीतिक दल लगायतसँग परामर्श गरेर केही दिनमै कति बुँदे माग राख्ने भने टुंगो लाग्ने खड्काले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा ७ लाख भन्दा बढीका अबैध सामान बरामद

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

जापानमा रोजगारीको उपलब्धतामा कमी

कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *