शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाइएको छ ।