रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

शेयेर गर्नुहोस

मलवारा खबर

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् ।

सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् ।

भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र सुशान्त लिभिङ टूगेदरमा रहेको उल्लेख गरेकी छिन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छिन् ।
यो पनि पढ्नुहोस के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड रु

रियाका अनुसार, उनले जुन ८ तारिखमा सुशान्तको अपार्टमेन्ट छाडेकी थिइन् । सुशान्त डिप्रेशनमा जुधिरहेकाले पनि आफूले अपार्टमेन्ट छाडेको उनले बताएकी छिन् ।

उनका अनुसार, सुशान्तले सो समयमा डिप्रेशनको औषधी पनि खाइरहेका थिए । रियाले सुशान्त सिंहको घटनाको छानबिन मुम्बइमा हुनुपर्ने माग समेत सर्वोच्चमा गरेकी छिन् ।

तर, रियाको भनाइलाई सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखन्डेले अस्विकार गरेकी छिन् । सुशान्तले आफ्नो भविष्यको योजना बनाइरहेकाले पनि उनी डिप्रेशनमा नभएको अंकिताको तर्क छ । अंकिताले एक भारतीय टेलिभिजनमा दिएको बयान अनुसार, सुशान्त साना–साना कुरामा खुशी खोज्ने गर्दथ्य ।

अंकिताले प्रश्न गरेकी छिन्–‘उनी अभिनय बाहेक अरु धेरै कामहरु गर्न चाहन्थे, यसैले यस्तो मानिस कसरी डिप्रेशनमा जान सक्छ ।

ताजा खबर

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *