कैलालीमा सरसफाई गरेर कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

शेयेर गर्नुहोस

टीकापुर । नेपाली कांग्रेसको आज एकै दिन र समयमा ‘समुदायमा कांग्रेस’ सुरु भएको छ । कैलालीमा पनि आज धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सहिद दिवसको अवसर समेत पारेर नैनादेवी मन्दिरदेखि विपी स्मृति भवनसम्म सरसफाई गर्दै अभियानको सुभारम्भ गरिएको छ ।

पार्टीको वडा नम्बर १ का पार्टी सभापति प्रकाशसिंह बिष्टको अध्यक्षता तथा नेपाली काँग्रेस कैलालीका पार्टी सभापति एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टाको प्रमुख आतिथ्यतामा सरसफाई गरि अभियानको सुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रममा नगरसभापति, क्षेत्री सभापति, जिल्ला सचिव, पार्टीका सुदूरपश्चिम प्रदेश सदस्यहरु, क्षेत्रीय प्रतितिहिरु, तरुणदल, नेविसंघ, दलित संघलगायत प्रतिनिधिहरुको सहभागिता रहेको नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य अमृत विसीले जानकारी दिए । समुदायमा कांग्रेस अभियान अन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed