शेयेर गर्नुहोस
अत्तरिया । कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट बनाएर अनियमितता गरेको भन्दै प्रहरी समक्ष किटानी जाहेरी परेको छ । महोत्सव आयोजक अत्तरिया उधोग बाणिज्य संघले जाहेरी दिएको हो ।
संस्थाका सचिब दिलिप कुमार साउँद र टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया का (स्वबियु) सभापति भुबन महराको नाममा किटानी जाहेरी परेको हो । नक्कली टिकटको छानबिनको माग गर्दै संघले प्रशासनमा उजुरी दिएको थियो ।
केही दिन यता प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको थियो । आइतबार प्रहरीले पुरै कार्य समिति र कार्यालय का कर्मचारीहरु संग सोधपुछ गरेको थियो । यद्यपि आइतबार नै प्रहरीले संघलाई अनुसन्धानको क्लु दिएको थियो र किटानी दिन भनेको थियो ।
संघमा बहुमत काँग्रेस समर्थक ब्यबसायीहरु रहेका छन् । किटानी सम्म जान नदिन गोदावरी कांग्रेसका नेताहरू बिगत केही दिन निकै सकृय थिए । तर संघ कै बरिस्ठ उपाध्यक्ष दल बहादुर खड्का , महासचिव शंकर खड्का लगाएत बहुमत सदस्यहरुले आफैंले दिएको मुद्दामा ब्याक नहुने भनेपछि पार्टीका नेताहरू पनि निष्कर्षमा पुग्न सकेनन् ।
यता निष्पक्ष छानबिन को माग गर्दै अत्तरियाका ब्यबसायीहरुले पनि दबाब बढाईरहेका छन् । उनिहरुले नक्कली ठेली प्रकरण विरुद्ध ज्ञापन पत्र बुझाउने देखि हस्ताक्षर अभियान चलाएका छन् ।
करिब २५ नक्कली टिकटका ठेली संघले प्रहरीलाई बुझाईसकेको छ ।