कञ्चनपुरकी ‘काण्डवाली’ इन्सपेक्टर बिनु पहिले पनि परेकी थिइन् कारबाहीमा

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरकी विवादित प्रहरी हुन्, इन्सपेक्टर बिनु शाही ।

बेला बेलामा विवादमा आइरहने कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु अहिले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि दिएको चरम यातनाका कारण विवादमा छिन् ।

इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके । तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन् ।

हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ। इन्सपेक्टर बिनु यसअघि पनि विभागीय कारबाहीमा परेकी थिइन्। उनलाई यस अगाडि पत्रकार कुटपिटको घटनामा नसिहत दिइएको थियो ।

कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै बिनुसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो।

गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कुवरलाई त कुटपिट समेत गरिएको थियो । सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो ।

घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो ।

(साभारः महेन्द्रनगर पोष्ट)

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *