लागुऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । धनगढी उपमहानगरपालिकामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउका १९ वर्षीय आदित चौधरी बुधवार राती पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

amazed