संघियता कार्यान्वयन गरौं कि खारेज गरौं, मन्त्री रमेश धामी

शेयेर गर्नुहोस

अत्तरिया । सुदुरपश्चिम प्रदेश सरकारका उधोग, पर्यटन, बन तथा बाताबरण मन्त्री रमेश धामीले संघियता कि त कार्यान्वयन हुनुपर्ने नभए खारेज हुनुपर्ने बताएका छन । नेपाल उधोग बाणिज्य महासंघ, सुदुरपश्चिम प्रदेश को सातौं प्रदेश सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

ुदेशमा संघियता लागु भएको छ तर कसैलाई मन परेको छैन । नियम कानुन केही पनि छैन । कि संघियता कार्यान्वयन गरौ होइन भने खारेज गरौ । यसको कार्यान्वयन को लागि सबै लागौँ।ुउनले सुदुरपश्चिममा प्रदेश सरकारको औधोगिक क्षेत्र नभएको स्विकार गर्दै भने,ु केन्द्र सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रहरु पनि भद्रगोल अबस्थामा रहेका छन् । डुडेझारी ,लालपुर र दैजी कसलाई औधोगिक क्षेत्र बनाउने हो संघ ले टुंग्याउने पर्ने भयो यँहा त तानातान छ ।

मन्त्री धामीले औधोगिक क्षेत्र घोषणा को लागि घोषणा होइन कि हाम्रै जिबनकालमा उधोग खोल्ने गरि काम गर्नु पर्ने बताए । उनले उधोग बाणिज्य संघको जारी प्रदेश अधिबेशनले औधोगिक क्षेत्र कहाँ राख्ने हो तथ्य सहितको सुझाब दिनुपर्ने माग गरे । यस्तै धामीले अहिले को आर्थिक संकट बाट मुक्ति पाउन सबैले ईमानदार भएर काम गर्नुपर्ने बताए ।

ुकर कसले तिर्नुपर्छ , कसले ठग्ने गरेको छ । यहाँ उपस्तिथि सबैलाई थाहा छ । खाली नेताहरूलाई मात्रै गाली गरेर हुंदैन । नेताहरूलाई चोरी भ्रष्टाचार गर्न सिकाउने ब्यबसायी नै हुन । देशमा भएको पैसा कहाँ गयो भनेर नेताहरु तिर फर्केर केही हुने वाला छैन मन्त्री धामी ले भने ।ु

यस्तै मन्त्री धामीले सुदुरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन निजि क्षेत्रका ब्यबसायीहरु को सर सल्लाहमा सारिएको बताए । उनले असोज २१ र २२ गते यहाँ हुने लगानी सम्मेलन को बिशेश महत्त्व रहेको समेत जिकिर गरे ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *