रुस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

शेयेर गर्नुहोस

काठमाडौं, ३ फागुन । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।

तामाङले गणेश बिसीसमेत २ जनालाई वैदेशिक रोजगारीमा रुस पठाएर कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तामाङलाई फागुन २ गते सामाखुसीबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *