बैतडीमा रुखले च्यापिएर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी, ५ फागुन । बैतडीमा एक जनाको रुखले च्यापिएर मृत्यु भएको छ ।

बैतडीको पाटन नगरपालिका–५ अड्तोला बस्ने १९ वर्षीय प्रकाश पाण्डे शुक्रबार दिउँसो घर नजिकैको जंगलमा सल्लाको रुख काट्ने क्रममा सोही रुख ढलेर उनको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्रमै उपचारको क्रममा मृत्यु भएको हो ।

सो घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed