टीकापुर जग्गा घोटाला प्रकरणको सिआइबीले पनि अनुसन्धान गर्ने

शेयेर गर्नुहोस

टीकापुर, ६ फागुन । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले समेत थप अनुसन्धान अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्‍दा दायर गरेका बेला प्रहरीले समेत थप अनुसन्धान गर्ने भएको हो ।

कागजपत्र किर्ते बनाइएको घटना सम्बन्धी अनुसन्धानका लागि अख्तियारबाट पत्र आएको छ । लिखत किर्तेसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेका हो । जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र किर्ते बनाइएको खुलेपछि प्रहरीले पनि छुट्‍टै अनुसन्धान अघि बढाएको छ । यससम्बन्धी अनुसन्धानका लागि अख्तियारले नै प्रहरीलाई पत्राचार गरेको थियो ।

गत २५ माघमा अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्‍दा दायर गरेको थियो । टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको अख्तियारको अभियोग छ ।

टीकापुर नगर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायत किर्ते गरी जग्गा हिनामिना भएको अख्तियारको दाबी छ । तिनै नक्कली कागजपत्रमाथि प्रहरीले थप छानबिन थालेको हो । अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्‍दा दायर गरेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed