दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी, ७ फागुन । दार्चुलामा ट्याक्टर दुर्घटना भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका–२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०२ ००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनीका ओभरसियर धनुषाको नारायण नगरपालिका–५ गमरखोली बस्ने ३२ वर्षीय राम सागर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका–१ बस्ने २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार रहेका छन् । नायकको खोजि गर्नुका साथै दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

उद्यमीहरुलाई दिइयो उद्यमशीलता विकास तालिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद

बाजुरामा जङ्गलमा आगोबाट एक घरमा आगलागी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

amazed