टीकापुरमा ईन्टरनेट कम्पनीको लापरबाहीले करेन्ट लागेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा ईन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ जमरा पारीस्थित ग्रीन एसिया होटेल अगाडी बाटोमा ईन्टरनेट कम्पनीहरुको तारले करेन्ट लागेर ग्रीन एसिया होटेलका कुकको मृत्यु भएको हो ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका-२ घर भएका ३३ वर्षीय शैलेश भुललाई बिहान ८ बजेतिर करेन्ट लागेपछि तुरुन्तै टीकापुर अस्पताल लगिएको र त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।

छरपस्ट रुपमा रहेका तार छेउमा फाल्न खोज्दा करेन्ट लागेको जनाइएको छ । यो विषयमा आफन्तलाई खबर भइसकेको र अस्पतालमा पुगिनसकेको टीकापुर प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ । यस घटनासम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

ओलीलाई सार्बजनिक जिवनबाट बिदा गर्नु पर्छ : महासचिव भुसाल

कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

amazed