धनगढीमा लागूऔषधसहित एकैदिन ६ जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन् । धनगढीका छुट्टाछुटै स्थानबाट शुक्रबार कञ्चनपुर, बझाङ र डोटीका ६ युवक पक्राउ परेका हुन ।

धनगढी उपमहानगरपालिका–३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागूऔषधसहित कन्चनपुरको पुनर्वासनगरपालिका–१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषधसहित बझाङको दुर्गाथली गाउँपालिका–७ बस्ने १९ वर्षीय रोहित सिंह पक्राउ परेका छन ।

यस्तै धनगढी उपमहानगरपालिका–२ कै ट्राफिक चोकबाट ११० मिलिग्राम लागूऔषधसहित डोटीको शिखर नगरपालिका–८ बस्ने २१ वर्षीय कबिर बलायरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

amazed