लम्कीमा भारतीय नम्बरको कारको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतीपुर चोकस्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतीय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका वडा नं १ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राती मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उक्त कार र चालक लम्कीचुहा नगरपालिका–१० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार चालक लम्कीचुहा नगरपालिका–६ मा अन्य दुई जनालाई ठक्कर दिएर घाइते बनाएर भागेका थिए । घाइते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन । मनिरामको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *