शेयेर गर्नुहोस
धनगढी । कैलालीमा विभिन्न मुद्दाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले विभिन्न ठाउँबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाइएको छ ।
यी हुन् पक्राउ परेका फरार प्रतिवादीः
१. लागूऔषध खैरो हेरोइन मुद्दाको जिल्ला कैलाली गोदावरी नगरपालिका–२ बस्ने बर्ष ३२ संजय जनाला सुनार १ महिना २० दिन कैद,
२. बैकिङ कसुर मुद्दाको जिल्ला कैलाली गोदावरी नगरपालिका–१० बस्ने बर्ष २४ को पवन राबत रु. २,८५,००० जरिवाना,
३. जालसाजी मुद्दाको जिल्ला कैलाली भजनी नगरपालिका–७ बिजुलिया बस्ने बर्ष ३५ को राम चुन्नी डगौरा थारु रु. ५,०००।– जरिवाना,
४. जालसाजी मुद्दाको जिल्ला कैलाली भजनी नगरपालिका–७ बिजुलिया बस्ने बर्ष ४० को खुसिराम डगौरा रु. ५,०००।– जरिवाना,
५. चेक अनादर मुद्दाको जिल्ला कैलाली भजनी नगरपालिका–१ भजनी बजार बस्ने बर्ष ३६ को पुरन जैशी रु. १,०००।–जरिवाना,
६. ला।औ।खैरो हेरोइन मुद्दाको जिल्ला कैलाली लम्कीचुहा नगरपालिका–१ लम्की बस्ने वर्ष २७ को भुपेश भन्ने शिशिर थापा ९ वर्ष ९ महिना २२ दिन कैद र रु. १,००००००।– जरिवाना,
७. जुवा मुद्दाको जिल्ला कैलाली टीकापुर नगरपालिका–१ बस्ने नृप बहादुर बिष्ट रु. २००।– जरिवाना,
८. गालि बेईजती मुद्दाको जिल्ला कैलाली टीकापुर नगरपालिका–१ बस्ने संगिता कुवँर रु. १,०००।– जरिवाना,
९. गालि बेईजती मुद्दाको जिल्ला कैलाली टीकापुर नगरपालिका–१ बस्ने मिन बहादुर कुवँर रु. १,०००।– जरिवाना,
१०. ज्यान मार्ने मुद्दाको जिल्ला कैलाली टीकापुर नगरपालिका–१ बस्ने बर्ष २९ को सोनु बोगटी ५ बर्ष कैद ।










