शेयेर गर्नुहोस
अछाम । अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ । जिल्लाको रामारोशन गाउँपालिका–३ मुजाबगरस्थित रतन रावलको कस्मेटिक पसलमा आइतवार आगलागी भएको हो ।
ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुइँतलामा रहेको कस्मेटिक पसलमा बालेको धुपबाट एक्कासी आगो सल्केर आगलागी भएको बताइएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको र अन्दाजी ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।










