कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–११ रामजानकी टोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–६ सुकासालबाट १.७२ ग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका–११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त–१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त–८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *