कञ्चनपुरमा एक युवक नहरमा मृत फेला

शेयेर गर्नुहोस

महेन्द्रनगर । कञ्चनपुरमा नहरमा युवकको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट नहरमा मृत फेला परेको हुन् । बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो । उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । उनी फेला परेका थिएनन् ।

तर, आज महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए । पीडित परिवारका अनुसार चन्द्रबहादुर एक साताअघि भारतबाट घर फर्किएका थिए । उनी आफन्तको बिहेका लागि घर आएका हुन् । त्यसअघि उनी मलेसियामा काम गर्थे । नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन् । उनीहरूकी २ वर्षीया छोरी छन् ।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ । प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको र थप अनुसन्धान भैरहेको डीएसपी डाँगीले बताए ।

ताजा खबर

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

कैलालीको टीकापुर लगायतका ठाउँमा दुर्घटना हुँदा ५ घाइते

amazed