बाजुरामा नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहद्धारा क्षती

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा नेपाल टेलिकमको रिपिटर टावरमा अज्ञात समूहले क्षती पुर्‍याएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेला ढाड नौलामा रहेको एनटिसिको फोरजी रिपिटर टावरमा आइतबार राती अज्ञात समूहले क्षती पुर्‍याएको हो ।

बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले अज्ञात समूहले गर्दा टावर पुर्ण रुपमा क्षति भएको बताए । उनले करिव डेढ बर्षको अथक प्रयास पछि बनेको टावरमा क्षति पुर्याउने जुनसुकै दोषीहरुलाई कानुन सम्बत कार्वाही हुने बताए । उनले यो घटनाअत्यन्तै दुख लाग्दो रहेको र सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न नहुने उनले बताए ।

विभिन्न संरचना बनाउदै गईरहेको अवस्थामा अरु भत्काउदै र विगार्दै जाने गर्दा आफुलाई अफ्ट्यारो परिस्थितिमा पार्ने गरेको नगर प्रमुख बोहराले बताए । उनले भने, यदि म प्रति कसैको आक्रोस हो भने मेरो घर भत्काईयोस फरक पर्दैन तर सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न हुँदैन् । यसरी जनतालाई प्राप्त सुविधा खोस्ने अधिकार कसैलाई नभएको र यसमा सबैको ध्यान जान पनि जरुरी रहेको बताए । यता अज्ञात समुहको खोजीकार्य भइरहेको इलाका प्रहरी कोल्टि कार्यालय प्रमुख केशव खड्काले बताएका छन् ।

ताजा खबर

नेपालसँग वेस्ट इन्डिज ‘ए’ ४ विकेटले पराजित

गोदावरीमा आगलागीबाट ५ लाखको क्षति

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य

कञ्चनपुरमा दुई घरमा आगलागी, धनमाल जलेर नष्ट

amazed