शेयेर गर्नुहोस
टीकापुर । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।
केन्द्रमा कांग्रेस÷माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने चलाएका छैनन् ।
सुदूरपश्चिममा नाउपा र नेकपा९एस० को समर्थन कायम भए मुख्यमन्त्रीलाई सुविधाजनक बहुमुत पुग्छ । सोही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको बारेमा जानकारी दिदै छन् ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा ९एकीकृत समाजवादी० का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।