फ्यामिली ग्रुप अफ इण्डष्ट्रिज कम्पनीको कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

टीकापुर । फ्यामिली ग्रुप अफ इण्डष्ट्रिज कम्पनी प्रा.लिले स्थानीय उत्पादन गाउँ गाउँमा पठाउने भएको छ । टीकापुर र जानकीका ग्राहकलाई लक्षित गरेर स्थापित कम्पनीले स्थानीय स्तरमै विभिन्न वस्तुको उत्पादन गरिरहेको छ ।

कम्पनीले सोमबार टीकापुर नगरपालिका-१ मुनुवा रोडमा एक कार्यक्रमका बीच प्रधान कार्यालय समुद्घाटन गर्दै सेवा विस्तारसमेत गरेको जनाएको हो । कम्पनीका संचालक प्रेम साउदले बेरोजगारी र आर्थिक मन्दीलाई मध्यनजर गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न विभिन्न सामानको उत्पादन गरेर बिक्री वितरण गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म ६ प्रकारका सामान उत्पादन गरिएको छ । जसमा लिक्विड डिटर्जेन्ट, पाउडर डिटर्जेन्ट, लिक्विड टोइलेट क्लिनर, लिक्विड भेहिकल वाश, लिक्विड ग्लास क्लिनर रहेका छन् । अब केही महिनामै थप ४ प्रकारका सामानहरुको पनि उत्पादन गरिने साउदको भनाई छ ।

संचालक साउदले जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका बस्ती बस्तीमा आफ्ना उत्पादन पठाउने गरेको बताएका छन् । उनले अहिलेसम्म पाँच हजार ग्राहक बनिसकेको भन्दै १७ जनाले रोजगारीसमेत पाएको बताए ।

पाँच लाख चुक्ता लगानीमा सुरु भएको कम्पनीले जानकी गाउँपालिका-६ धर्मापुर कटानमा विभिन्न वस्तुको उत्पादन गरिरहेको छ । रासायनिक पदार्थ र आयुर्वेदिक जडिबुटी बराबर मात्रामा मिसाएर उत्पादित वस्तु नागरिकको दैनिक काम काजमा प्रयोग हुने भएकाले ग्रामीण भेगमा बढी पठाएको र धेरैले रुचाइरहेको संचालक साउदले जानकारी दिए । उनले अहिले यहाँ मात्र उत्पादन बिक्री वितरण गरिरहेकोमा निकट भविष्यमा सुदूरपश्चिम भरी आफ्ना उत्पादन पठाउने लक्ष्य रहेकोसमेत बताए ।

कम्पनीका संचालक प्रेम साउँदको सभाध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथी टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा रहेका थिए ।

कार्यक्रममा बोल्दै सापकोटाले अहिले युवाहरु विदेशी रहेको अवस्थामा स्थानीय स्तरमै उत्पादन गरिनु निकै खुशीको कुरा भएको बताए । उनले यस कम्पनीका उत्पादन आफुले पनि प्रयोग गर्ने गरेको भन्दै निकै राम्रो लागेको जनाए ।

कम्पनीका वरिष्ठ कर्मचारी रेखा भुलले स्वागत गरेको उक्त उद्घाटन समारोहको संचालन अम्रिका मल्ल र प्रदिप रिमालले गरेका थिए । कार्यक्रममा खडक सिंह नगार्जीले शुभकामना मन्तव्य राखेका थिए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *