विश्वासको मत पाउने कुरामा ढुक्क छु: मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफू चाँडै नै विश्वासको मत लिने र बहुमत सदस्यबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् । सोमबार नव नियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीको शपथ ग्रहण कार्यक्रमपछि सरकारबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री शाहले केही दिनमै सरकारलाई पूर्णता दिने र आफू चाँडै प्रदेश सभाबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका हुन् । यसैबिच उनले नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई केही दिनमै जिम्मेवारी दिने पनि बताएका छन् ।

यहाँको केही मन्त्रालय फुटाएर जिम्मेवारी दिने संकेत गर्दै उनले संविधानले दिएको प्रावधान अनुसार जिम्मेवारी दिइने बताएका हुन् ।

मुख्यमन्त्री शाहले भने, ‘मन्त्रालय तोड्ने फोड्ने भन्दा पनि मन्त्रीमण्डलमा थप साथीहरु सहभागी भइसकेपछि हामीले जिम्मेवारी दिने काम गर्छौं । यहाँ मन्त्री मण्डल ठुलो सानोभन्दा पनि जिम्मेवारी बाँडफाँड गर्छौ ।’यहाँ मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहेको छ । यहाँको सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार लागेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *