हुलाकी राजमार्गको कार्यालयमा तालाबन्दी

शेयेर गर्नुहोस

धनगढी । हुलाकी राजमार्ग धनगढीको कार्यालयमा तालाबन्दी गरिएको छ । कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि पूरा नगर्ने निर्माण कम्पनीलाई संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाइएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनगढीमा क्रान्तिकारी युवा संगठनले शुक्रवार बिहान ताला लगाएको हो । कञ्चनपुरमा हुलाकी सडक निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवा र बाबा हंस सिद्धिकी शाहीलाई कर्मचारीले संरक्षण गरेको आरोप संगठनको छ ।

हुलाकी राजमार्ग निर्माणको काम अलपत्र गर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा संरक्षण गरेको भन्दै कार्यालयमा ताला लगाएको संगठनले बताएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed