शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकपुरमा सशस्त्रका एक प्रहरी माथी कुटपिट भएको छ ।
टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ मा शनिबार साँझ करिब साढे ७ बजे सशस्त्र प्रहरीका युवामाथी कुटपिट भएको हो ।
सशस्त्रमा जागिरे रहेका ४१ वर्षीय राजन शाहीलाई टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बस्ने भाष्कर शाहीले कुटेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले मलवारा न्युजलाई जानकारी दिए । उनी कुन पदमा कार्यरत थिए भन्ने खुलेको छैन ।
उनीहरुले मापसे गरेर झगडा गरेको प्रारम्भिक अनुसन्धानले बुझिएको बताउदै डिएसपी अधिकारीले कुटाई खाने व्यक्ति धेरै नबोलेकाले थप बुझ्न नसकेको बताए ।
राजन शाहीको परिवारले भाष्कर शाहबाट पैसा लिएको र माग्ने क्रममा लफडा भएको बुझिएको छ । कुटपिटबाट घाइते शाही टीकापुर अस्पतालमा उपचाररत छन् । उनको टाउकोमा तीनवटा टाँका लागेको डिएसपी अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते शाहीको अवस्था सामान्य रहेको छ ।
कुट्ने शाह प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।