भारतको अरुणाञ्चल प्रदेशमाथि चीनको दाबी अमेरिकाद्धारा अस्वीकार

शेयेर गर्नुहोस

एजेन्सी । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले एक पत्रकारले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

वेदान्त पटेलले भने,‘अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको हिस्साको रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा ९एलओएसी० को पारी आक्रमण वा घुसपैठ, सैन्य वा नागरिक मार्फत क्षेत्रमा आफ्नो दाबी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौँ।’

अमेरिकाको यो बयान चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङको हालैको दाबी पछि आएको हो, जसमा अरुणाचल प्रदेशलाई चीनको हिस्सा भनिएको थियो । उनले यो क्षेत्र भारतले अवैध रूपमा कब्जा गरेको बताएका थिए ।

चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्दै आएको छ र भारतीय नेताहरूले त्यहाँ भ्रमण गर्दा बेलाबेलामा आपत्ति जनाउँदै आएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेपछि चीनले हालै आपत्ति जनाउँदै यस्तो वक्तव्य दिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी मार्च ९ मा एक कार्यक्रममा सहभागी हुन अरुणाचल प्रदेश गएका थिए । बीबीसी हिन्दी

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed